- आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले कृषिजन्य वस्तुमा देखिएको भन्सार सम्बन्धि समस्या अर्थ मन्त्रालय र भन्सार विभागले समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताएका छन् ।
आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले कृषिजन्य वस्तुमा देखिएको भन्सार सम्बन्धि समस्या अर्थ मन्त्रालय र भन्सार विभागले समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने देखिन्छ । कृषिजन्य वस्तु, भारतबाट आयातको कुरा गर्न, अन्तर्राष्ट्रिय सन्धि सम्झौंतामा हस्ताक्षर गर्न हौसिन्छौं । हौसिने जुन प्रकृति छ त्यसमा धेरै नै विचार पुर्याउनुपर्नेछ । भन्साररहित भनेर त हस्ताक्षर तर गर्यौं तर त्यो पालना गरेको पाइँदैन् । नेपालले मात्र अरु देशको आयातमा मात्रै छुट दिनुपर्ने अवस्था आयो ।’
यसैगरी उनले भन्सार सम्बन्धी प्रक्रियागत हिसावले अगाडि जानुपर्ने बताए । उनले भन्सारमा सबै सदस्य राष्ट्रहरुले सहमत नभइसकेपछि नेपालले मात्र भन्साररहित भनेर छाप गर्न उचित नहुने बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले भन्सारको व्यवस्थापनमा सरकार बढी जिम्मेवार हुनुपर्ने बताए । सरकारले कस्टम रेटमा ख्याल नगर्दा विचौलियाको प्रभाव हुने गरेको औंल्याए ।
सांसद ज्ञानेन्द्र शाहीले क्वारेन्टाइनको नियमन सरकारले गर्नुपर्ने भएकाले यसलाई विधेयकमै लेख्न आग्रह गरे । भारतीय भन्सार नेपाली उत्पादनलाई दुःख दिने गरेको बताए । अर्थ समितिका सभापति सन्तोष चालिसेले विधेयकमाथि छलफल गर्न विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।